महेन्द्रनगरद्वारा रुपन्देहीलाई १ सय १६ रनको लक्ष्य

धनगढी– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरकको छ।

फाप्ला क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओरभमा ९ विकेट गुमाउँदै १ सय १५ बनाएको हो ।

महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले २९ रन जोडे। उनले ३८ बल खेल्दै २ चौकाको सहयोगमा २९ रन जोड्न सफल भए । त्यस्तै आनन्द सुब्रमनियमले २० रन जोडे। उनले १३ बलमा ३ चौका प्रहार गरेका थिए ।

मोहमद नाभिदले १८ जोड्दा, अमर सिंह रौटेलालले १९ रन तथा आरिफ सेखले ११ रन जोडे । महेन्द्रनगरका लागि अविनास बोहोराले ११ रन जोड्दा अन्य ब्याट्म्यानले भने दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ रुपन्देहीका लागि ललितसिंह भण्डारीले समान सर्वाधिक ४ विकेट लिए । त्यस्तै पुनित मेहरराले ३ विकेट कप्तान बसन्त रेग्मीले २ विकेट लिए ।

२०७५ फाल्गुन ९, बिहीबार मा प्रकाशित