महेन्द्रनगर पुग्यो क्वालिफाएर्समा, फाइनल प्रवेशका लागि शुक्रबार काठमाडौंसंग खेल्ने

धनगढी– शरद भेषवाकरको कप्तानिमा रहेको महेन्द्रगर युनाइटेड तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को क्वालिफाएर्समा प्रवेश गरेको छ ।

बिहिबार भएको इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले हराउदै महेन्द्रनगर क्वालिफाएर्समा प्रवेश गरेको हो । महेन्द्रनगरले जितका लागि दिएको १ सय १६ रनको लक्ष्य पछा्उने क्रममा रुपन्देहिले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय १४ रन पुरा गर्न सक्यो ।

महेन्द्रनगरका लागि अबिनास बोहोराले सर्वाधिक २ विकेट लिए । त्यस्तै मोहमद नबिद, सागर ढकाल, शरद भेषवाकर र सिद्धार्थ लोहोनिले समान १–१ विकेट लिए ।

रुपन्देहिका लागि बाबर हायातले सर्वाधिक २८ रन जोड्न सफल भए । उनले २९ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन बनाएका हुन् । त्यस्तै प्रदिप ऐरीले पनि समान २८ रन बनाउन सफल भए । २० बल खेलका उनले ४ चौकाको सहयोगमा २८ रन बनाउन सफल भएका हुन् ।

त्यस्तै बिनोद भण्डारी २३ रन बनाउन सफल भए । रुपन्देहिका लागि सन्दिप सुनारले १४ रन जोड्दा सुमित महर्जनले १० रनको योगदान गरे । त्यस बाहेकका अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओरभमा ९ विकेट गुमाउँदै १ सय १५ बनाएको थियो ।महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले २९ रन जोडे। उनले ३८ बल खेल्दै २ चौकाको सहयोगमा २९ रन जोड्न सफल भए ।

त्यस्तै आनन्द सुब्रमनियमले २० रन जोडे। उनले १३ बलमा ३ चौका प्रहार गरेका थिए। मोहमद नाभिदले १८ जोड्दा, अमर सिंह रौटेलालले १९ रन तथा आरिफ सेखले ११ रन जोडे।

महेन्द्रनगरका लागि अविनास बोहोराले ११ रन जोड्दा अन्य ब्याट्म्यानले भने दोहोरो रन जोड्न सकेनन्।

बलिङतर्फ रुपन्देहीका लागि ललितसिंह भण्डारीले समान सर्वाधिक ४ विकेट लिए। त्यस्तै पुनित मेहरराले ३ विकेट कप्तान बसन्त रेग्मीले २ विकेट लिए।

महेन्द्रनगरले अव फाइनल प्रवेशका लागि शुक्रबार काठमाडौंसंग खेल्ने छ ।

२०७५ फाल्गुन ९, बिहीबार मा प्रकाशित

Leave a Comment