युएइविरुद्ध नेपालको सानदार जित

काठमाडौं– आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्रिय प्रतियोगिताको तेस्रो खेलमा नेपालली महिला क्रिकेट टोलीले सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले सानदार जित निकालेको हो ।

युएईले दिएको ४२ रनको झिनो लक्ष्य नेपालले मात्र १०.२ ओभरमा ८ विकेट गुामउँदै भेट्टायो । नेपालका लागि काजल श्रेष्ठले १५ रन जोडीन । उनले २५ बल खेल्दै २ चौको प्रहार गरीन् ।

त्यस्तै रुविना श्रेत्री बेलबासीले १८ रन जोडीन् । उनले १७ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरिन् । त्यस्तै सिता राना मगरले ६ रन जोडीन् । युएईका लागि इशा ओजाले दुई तथा काभिसा एगोडेजले एक विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको यूएईले १७.३ ओभरका सबै विकेट गुमाएर मात्र ४१ रन जोडेको थियो । नेपाली चेलीको कसिलो बलिङसामु यूएईका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

यूएईका नेहा शर्मा ६ र चामानी सेनेविरत्नले १३ रन बनाउन बाहेक कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।

यूएईलाई सस्तैमा रोक्न नेरी थापाले ३.३ ओभरमा १ मेडन सहित ६ रन खर्चेर४ विकेट लिइन् । सिता राना मगरले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै सानु खड्का र कविता कुवँरले समान दुई दुई विकेट लिए ।

पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्यान्डसँग ५७ रनले पराजित भएको थियो ।

२०७५ फाल्गुन १०, शुक्रबार मा प्रकाशित