डीपीएलमा पहिलो उपाधिको भोक मेटाउने लक्ष्यमा दुई कप्तान

धनगढी–तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल खेल्ने टोलीको टुङगो लागेसंगै उपाधि कस्ले उचाल्ला भन्ने कुराको चर्चा चुलिन थालको छ।

शुक्रबार हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्स बिचको खेल रद्ध भएपछि महेन्द्रनगर सिधै फाइनल प्रवेश गरेको छ। काठमाडौंका बिदेशी खेलाडी अंकित दवासलाई नियम बिपरित बलिङ गरेको भन्दै डीपीएलको टेक्निकल कमिटीले डीपीएलमा बलिङ गर्न ब्याण्ड लगाएपछि काठमाडौंले सहजै प्रतियोगिताबाट हात झिकेको थियो।

प्रतियोगिताको समुहचरणमा बलियो मानिएको सिवाइसी अत्तरियाले क्वालिफायर्स खेलमा काठमाडौंलाई हराउदै फाइनलमा स्थान बनाएको थियो । शुक्रबारको खेलमा काठमाडौंले हात झिकेसंगै अव फाइनल खेलमा अत्तरिया र महेन्द्रनगरले प्रतिस्पर्धा गर्ने भएका हुन्।

प्रतियोगितामा फाइनल प्रवेश गरेका दुबै कप्तानलाई एक अर्काको चुनौति छ । घरेलु क्रिकेट प्रतियोगितमा लक्कि चामको उपमा चिनिएका महेन्द्रनगरका कप्तान शरद भेषवाकर फेरि पनि अर्काे घरेलु क्रिकेट प्रतियोगिताको उपाधिले नजिकैबाट स्वागत गर्दैछ।

शरदले धेरै घरेलु क्रिकेट प्रतियोगितामा आफ्नो बहादुरी देखाई सकेकाले भोलिको फाइनल खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहान्छन्।

यता अत्तरियाका कप्तान दिपेन्द्र ऐरी घरेलु दर्शकको साथ र प्रेरणालाई साथमा लिदै पहिलो पटक उपाधिलाई उचाल्दै घरेलु क्रिकेट लिगमा आफ्नो दाबेदारी देखाउन चाहान्छन्। अर्काे तर्फ डीपीएलको उपाधि घरेलु टोलीमै रहन लागाउने र बाहिर जान दिने भन्ने पनि दिपेन्द्रको हातमा रहने छ।

महेन्द्रनगरका कप्तान शरद यसै बर्ष भएका दुई फ्रेन्चाइज लिगमा फाइनल प्रवेश गरिसकेका छन्। शरदले पोखरा प्रिमियर लिग पीपीएलको उपाधि उचालिसकेका छन् भने एभरेष्ट प्रिमियर लिग ईपीएलको फाइनल खेलमा ललितपुरसंग पराजित भएको थिए।

तेस्रो संकरणको धनगढी प्रिमियर लिगको पनि फाइनल खेलमा शरदले आफ्नो टोलीलाई पार्न सफल भएका छन्। प्रतियोगिताका लिग चरणका तीन खेलमा हार ब्याहोरेको महेन्द्रनगरले दुई खेलमा अंक बाढेर एक खेलमा जित निकाल्दै प्लेअफमा स्थान बनाएको थियो ।

पहिलो खेलमा रुपन्देहि च्यालेन्जर्ससंग २ रनले पराजि हुदै प्रतियोगितामा खराव सुरुवात गरेको महेन्द्रनगर आफ्नो दोस्रो खेलमा काठमाडौंसंग ७ रनले पराजय ब्यहोर्नु परेको थियो । त्यस्तै प्रतियोगिताको तेस्रो खेलमा भने महेन्द्रनगरले सिवाइसी अत्तरियाविरुद्ध ७ विकेटले जित हात पारेको थियो ।

महेन्द्रनगरले बाँकि दुई खेलमा बर्षाका कारण अंक बाढेको थियो। जसमा पहिलो खेलमा विराटनगर किङस्संग अंक बाड्दै प्रतियोगितामा पहिलो अंक जोड्न सफल भएको थियो। दोस्रो दिन पनि बर्षका कारण खेल नहुने भएपछि महेन्द्रनगरले साविक विजेता धनगढीसंग अंक बाढेको थियो।

समान अंक भएका विराटनगर किङ्ससंग पराजित भएपछि महेन्द्रनगरले प्ले अफमा स्थान बनाएको थियो। महेन्द्रनगरले प्रतियोगिताको इलिमिनेटर खेलमा रुपन्देहिलाई हराउदै क्वालिफायर्समा आफ्नो स्थान बनाएको थियो।

सरदले फाइनल खेलमा पनि जित निकाल्दै डीपीएलमा पहिलो पटक उपाधि आफ्नो नाममा गर्ने योजना भएको बनाएका छन्। टिमको जितमा सबैको समान भुमिका रहने भएकाले फाइन खेलमा पनि सबैको समान प्रदर्शनको आशा गरेको बताए। शरदले प्रतियोगितामा बलियो मानिएको अत्तरियालाई हराउन त्यति सहज नभएकाले फाइनल खेल हेर्न लायक रहने पनि बताए।

यता दिपेन्द्र ऐरीको कप्तानिमा रहेको सिवाइसी अत्तरिया पनि पहिलो पटक घरेलु क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्ने योजनामा छ। घरेलु क्रिकेट प्रतियोगितामा दिपेन्द्रको कप्तानिमा रहेर पहिलो पटक फानल पुगेको टोली उपाधि जितमा केहि कसर बाँकि नराख्ने बताएका छन्।

‘पहिलो पटक उपाधि उचाल्ने योजना छ, प्रतियोगितामा यो भन्दा पहिला जुन तरिकाको प्रदर्शन छ त्यसैलाई निरन्तरता दिनेछौ, हाम्रो लागि प्रतियोगितामा सबै टिम समान छन्।’ दिपेन्द्रले भने ।

युवा खेलाडीहरुको भरपुर साथ पाएको अत्तरिया प्रतियोगितामा आफुलाई कहिले पनि कमजोर स्थापित गर्ने पक्षमा छैनन। सन्नी पटेल, जयकिशान कोल्सावाला र दिपेन्द्र ऐरी जस्ता राम्रा खेलाडीको साथ पाएको अत्तरिया प्रतियोगिताको यो उपाधि यतिकै छोड्न चाहाने पक्षमा छैन्।

अत्तरियालाई फाइनल खेल महेन्द्रनगरविरुद्धको हारको बदला लिने अवसर पनि हो। प्रतियोगिताको फाइनल खेल शनिबार दिउसो १२ः३० बाट सुरु हुनेछ। धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने खेल दुबै टोलीका लागि पहिलो उपाधिको भोक मेटाउने रहने छ।

२०७५ फाल्गुन १०, शुक्रबार मा प्रकाशित

Leave a Comment