डीपीएल–३ फाइनल : महेन्द्रनगर टस जितेर ब्याटिङ गर्दै

धनगढी–तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल खेलमा महेन्द्रनगर युनाइटेडले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भइरहेको खेलमा महेन्द्रनगरले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दा सिवाइसी अत्तरियाले फिल्डीङ गर्ने भएको छ ।

प्रतियोगिताको आजको खेल जितका लागि दुबै टोलीले उत्कृष्ट पदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रेका छन् ।

प्रतियोगिताको समुहचरणमा बलियो मानिएको सिवाइसी अत्तरियाले क्वालिफायर्स खेलमा काठमाडौंलाई हराउदै फाइनलमा स्थान बनाई सकेको थियो।

उता प्रतियोगिताको समुह चरणको खेलमा अत्तरियालाइ हराइसकेको महेन्द्रनगर फाइनलखेलमा पनि जित निकाल्ने पक्षमा हुनेछ ।

महेन्द्रनगर शरद भेषवाकरको कप्तानिमा छ भने अत्तरिया दिपेन्द्र ऐरीको कप्तानिमा छ ।

२०७५ फाल्गुन ११, शनिबार मा प्रकाशित

Leave a Comment