महेन्द्रनगरले उपाधिका लागि अत्तरियालाई दियो १ सय २४ रनको लक्ष्य

धनगढी–शरद भेषवाकरको कप्तानिमा रहेको महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई उपाधिको लागि १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको महेन्द्रनगरले निर्धारित २० ओभरमा पुरै विकेट गुमाउदै १ सय २३ रन पुरा गरेको हो ।

महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रनको योगदान गरे । ४१ बल खेलेका उनले ५ चौका र १ छक्काको मद्दतमा ४३ रन पुरा गरेका हुन् ।

त्यस्तै कुशल मल्लले २५ रनको योगदान गरे । उनले २२ बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन बनाउन सफल भएका हुन् ।

महेन्द्रनगरका रोहित कुमार पौड्यलले २४ रन बाउदा आरिफ सेखले ११ रन तथा मोहमद नबिदले १० रनको योगदान गरे । त्यस्तै रोहित कुमार पौड्ेयले रन जोड्न सफल भए ।

बलिङतर्फ अत्तरियाका कप्तान दिपेन्द्र ऐरी र दिपेन्द्र रावतले समान २–२ विकेट लिए । त्यस्तै सन्नी पटेल १ विकेट लिन सफल भए ।

२०७५ फाल्गुन ११, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment