डीपीएल–३ को उपाधि सिवाइसी अत्तरियालाई

धनगढी–दिपेन्द्र ऐरीको कप्तानिमा रहेको सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग टि–२० क्रिकेटको उपाधि उचालेको छ ।

शनिबार भएको फाइनल खेलमा शरद भेषवाकरको कप्तानिमा रहेको महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गराउदै उपाधि उचालेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको महेन्द्रनगरले निर्धारित २० ओभरमा पुरै विकेट गुमाउदै १ सय २३ रन पुरा गरेको हो ।

महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य पछा्उने क्रममा सिवाइसी अत्तरियाले १९ दशमलव ५ ओभरमा ७ विकेट गुमाउदै १ सय २७ रन पुरा गरेको हो ।

अत्तरियाका लागि सन्नी पटेलले अविजित ४७ रनको योगदान गरे । उनले २६ बलमा ३ चौका र ३ छक्काको हसयोगमा ४७ रन पुरा गरेका हुन् । जयकिशन कोल्सावाले सर्वाधिक ३० रनको योगदान गरेका छन्। २७ बल खेलेका उनले ५ चौकाको सहयोगमा ३० रन पुरा गरेका हुन्।

अत्तरियाका लागि कप्तान दिपेन्द्र ऐरीले १७ रन बनाउदा ले रन जोड्न सफल भए । बलिङतर्फ महेन्द्रनगरका लागि सागर ढकाल र मोहबद नबिदले समान दुई दुई विकेट लिए । त्यस्तै अबिनास बोहोरा, साहव आलमले पनि समान एक एक विकेट लिए ।

यस अघि ब्याटिङतर्फ महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रनको योगदान गरे । ४१ बल खेलेका उनले ५ चौका र १ छक्काको मद्दतमा ४३ रन पुरा गरेका हुन् ।

त्यस्तै कुशल मल्लले २५ रनको योगदान गरे । उनले २२ बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन बनाउन सफल भएका हुन् ।
महेन्द्रनगरका रोहित कुमार पौड्यलले २४ रन बाउदा आरिफ सेखले ११ रन तथा मोहमद नबिदले १० रनको योगदान गरे ।

बलिङतर्फ अत्तरियाका कप्तान दिपेन्द्र ऐरी र दिपेन्द्र रावतले समान २–२ विकेट लिए । त्यस्तै सन्नी पटेल १ विकेट लिन सफल भए ।

२०७५ फाल्गुन ११, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment