डीपीएल–३ का नायक बने दिपेन्द्र

धनगढी–सिवाइसी अत्तरियाका कप्तान दिपेन्द्र ऐरी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेटमा नायकको रुपमा थापित भएका छन्।

घरेलु प्रतियोगितामा पहिलो पटक उपाधि उचालेका उनले सिवाइसीलाई पनि पहिलो उपाधि उचालेको हो । दिपेन्द्रले प्रतियोगितको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन्।

आफ्नो टोलीलाई पहिलो पटक डिपिएलको उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका ऐरी प्रतियोगितको भ्यालुएबल प्लेयर घोषित भएका हुन् ।

आफ्नो टोलीलाई जित दिलान उनले ७ खेल खेल्दै १ सय ६८ रन जोडेका थिए । उनी एउटै खेलमा सर्वा्धिक रन बटुल्ने खेलाडी समेत हुन । उनले रुपन्देही च्यालेन्जर्स्विरुद्धको खेलमा सर्वाधिक ६७ रन जोडेका थिए।

यस्तै ऐरीले प्रतियोगिता भरी १० विकेट समेत लिएका थिए । यससँगै ऐरीले गोल्डेन बुट र एक लाख नगद पुरस्कार प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यनको उपाधि सन्नी पटेलले जिते ।

उनले ७ खेल खेल्दै प्रतियोगिता भरी २ सय २ रन जोडे । सन्नीले सात खेलमा ९ विकेट समेत लिएका थिए । सन्नी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट ब्याट्सम्यान र प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै सन्नीले समग्रहमा तीन लाख जिते ।

भुवन कार्की प्रतियोगिताको उत्कृष्ट बलर चुनिए । उनले प्रतियोगिता भरी ७ खेल खेल्दै १४ विकेट लिएका थिए । कार्कीले एक लख नगद पुरस्कार प्राप्त गरे ।

२०७५ फाल्गुन ११, शनिबार मा प्रकाशित