मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

एजेन्सी–बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सेभियाविरुद्धको खेलमा आफ्नो करिअरको ५० औँ ह्याट्रिक पुरा गर्दा स्पेनिस ला लिगमा बर्सिलोनाले सेभियासविरुद्ध सहज जित निकालेको छ ।

शिनिबार राति भएको खेलमा मेस्सीले आफ्नो फुटबल करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरेका हुन्। सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–२ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सेभियाले खेलमा सुरुवाति अग्रता बनाएको थियो। सेभियाका लागि जेसस नाभाले २२ औं मिनेटमा गोल गरेका थिए। तर, बर्सिलोनाका कप्तान मेस्सीले त्यो अग्रतालाई कायम रहन दिएनन्। उनले त्यसको ४ मिनेट पछि एक गोल फर्काए।

त्यस पछि खेलको ४२ औँ मिनेटमा सेभियाले पुन अग्रता बनायो। सेभियाका लागि गाब्रियल मार्काडोले गोल गर्दै खेल २–१ को अग्रतामा ल्याए।
पहिलो हफमा २–१ मा रहेको खेलमा बार्सिलोनाले दोस्रो हाफमा ३ गोल फर्काएको थियोे।

दोस्रो हाफको सुरुवाति देखिनै आक्रमक देखिएको बार्सिलोनाका लागि मेस्सीले ६७ औं मिनेटमा गोल गरे । २–२ गोलको बराबरिमा पुगेको खेलको ८५ औँ मिनेटमा गोल गर्दै मेस्सीले आफ्नो करिअरको ५० औँ ह्याट्रिक पुरा गरेका थिए।

बार्सिलोनाका लागि खेलको इन्ज्यूरी समयको अन्तिम मिनेटमा लुईस स्वारेजले गोल गर्दै ४–२ गोलको जित दिलाए। बार्सिलोनाको यो जितसंगै ला लिगाको शीर्ष स्थानमा १० अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले २५ खेलबाट ५७ अंक जोडेको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको ४७ अंक छ ।

२०७५ फाल्गुन १२, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment