एम्बाप्पेको दुई गोलमा पीएसजीको जित

एजेन्सी–फ्रान्सेली युवा स्टार खेलाडी केलियन एम्बाप्पेले दुई गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा सहज जित निकालेको छ।

यो जितसंगै लिग वानमा पीएसजिको अपराजित यात्रा कायमै रहेको छ । शनिबार राति भएको खेलमा पिएसजीले निम्सलाई ३–० गोलले हराउदै शिर्ष स्थानको यात्रा कायम राखेको हो ।

पिएसजीलाई जित दिलाउन युवा स्टार खेलाडी एम्बाप्पेले २ गोल गरे । यो २ गोलसंगै एम्बाप्पेले लिग वानमा आफ्नोे ५० गोल पुरा गरेका छन।
पीएसजिलाई क्रिस्टोफर नेकुन्कुले सुरुजाति अग्रता दिलाएका थिए। पीएसजिको घरेलु मैदानमा भएको खेलको ४० औ मिनेटमा गोल गर्दै उनले टोलीलाई सुरुवाति अग्रता दिलाएका हुन्।

पहिलो हाफ १–० गोलको बराबरिमा रोकिएको खेलमा बाँकि २ गोल दोस्रो हाफमा भएका थिए। खेलको ६९ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए।

त्यस्तै खेलको ८९ औँ मिनेटमा एम्बाप्पेले अर्काे गोल गर्दै पीएसजिको जित सुनिश्चित पारे। जितसँगै पीएसजीले २५ खेलबाट ६८ अंक जोडेको छ। दोस्रो स्थानको लिलीको ५१ अंक छ।

२०७५ फाल्गुन १२, आईतवार मा प्रकाशित