मकवानपुर गोल्डकप फागुन अन्तिम साताबाट

काठमाडौं–दोस्रो संकरणको भुगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल फागुन अन्तिम साताबाट आयोजना हुने भएको छ ।
प्रतियोगिता फागुन २९ देखि चैत ९ गतेसम्म हेटौडामा आयोजना हुने भएको हो ।

प्रतियोगितामा ओयोजक नवजागृति क्लब लगायत १० देखि १२ टोली सम्मको सहभागिता रहने आयोजक मकवानपुर फुटबल संघ आज राजधानिमा पत्रकार सम्मेलन गर्दै जानकारी गाराएको छ ।

नेपालका ए डिभिजन क्लबहरु सहभागिहुने प्रतियोगिताको विजेताले १० लाख तथा उप विजेताले ४ लाख रुपौया हात पार्ने छ । यस्तै प्रतियोगितामा सर्वोकृष्ट हुने खेलाडीले ५० हजार रुपौया पाउनेछ भने विधागत उत्कृष्ट हुनेले २० हजार तथा हरेक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार पाउने छन् ।

प्रतियोगितामा हालसम्म १० टिमले सहभागिताको लागि सम्पर्क गरेको आयोजकले बताएको छ । जसमा मनाङ मर्स्याङदी, आयोजक नवजागृति क्लब, त्रिभुवन आर्मी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा, नेपाल पुलिस क्लब, एपीएफ क्लब, च्यासल युथ क्लब, संकटा क्लब, एआरटी र सरस्वती युथ क्लबले प्रतियोगिताको विजेताले ८ लाख नगद पुरस्कार प्राप्त गर्दा उपविजेताले ४ लाख पाउने छ ।

मकवानपुर गोल्डकको दोस्रो संस्करणको प्रतियोगितामा भुगर्भ सिमेन्टको मुख्य प्रायोजन गरेको । संघका अध्यक्ष टिका राम लामा र सिमेन्टका अध्यक्ष पिताम्बर गैरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। । सम्झौतासंगै सिमेन्टले प्रतियोगिताका लागि भ्याट बाहेक १० लाख उपलब्ध गराउने छ ।

२०७५ फाल्गुन १४, मंगलवार मा प्रकाशित