डि मारिया र मुनिरको गोलमा पीएसजी सेमिफाइनलमा

एजेन्सी–स्टार खेलाडी एन्जल डि मारिया र थोमस मुनिरको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रान्स लिग कपको सेमिफाईनलमा प्रवेश गरेकोे छ।
मंगलबार राति भएको खेलमा डिजोनलाई ३–० गोलले हराउदै पिएसजी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा टिमका लागि डि मारियाले २ तथा मुनिरले १ गोल गरे। डि मारियाले खेलको ८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पिएसजी आफ्ना स्टार खेलाडी नेयमार, ईडिन्सन काभानी र केलियन एमबाप्पेविनै मैदान उत्रिएको थियो। २८ औ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै डि मारियाले पिएसजीको अग्रता दोब्बर पारे।

पहिलो हाफम डिजोनविरुद्ध २–० को अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप एक गरेको थियो।

निकैनै रोमाञ्चक बनेको खेलमो ७६ औ मिनेटमा मुनिरले गोल गर्दै पिएसजीलाई ३–० को सहज जित दिलाउन सफल भएका हुन्।

२०७५ फाल्गुन १५, बुधबार मा प्रकाशित