विश्वकप छनोट : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं–आइसिसी महिला विश्वकप एसियाली छनोट खेलमा नेलाले आज आफ्नो अन्तिम खेल खेल्दैछ। प्रतियोगिताको अन्तिम खेलमा कुवेतले टस जितेर फिल्डीङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

बैंककस्थित टेर्ड थाइ क्रिकेट मैदानमा सुरु भैरहेको खेलमा नेपालका लागि आजको खेल जित्नै पर्ने दवाव छ। नेपालले आफ्नो खेल जिते मात्र पुग्ने छैन्। अन्य टोली नतिजालाई पनि कुर्नु पर्ने छ।

यस अघि सोमवार भएको लो स्कोरिङ खेलमा नेपालले ५ रनको रोमाञ्चक जित हात पारेको थियो। सात राष्ट्र सम्मिलित छनोटमा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन्।

पाँच खेल खेलेको नेपाल ४ जितसहित ८ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। पाँच खेलमा हार व्यहोर्दै अंकविहीन रहदै कुवेत प्रतियोगिताबाट बाहिरिसकेको छ।

२०७५ फाल्गुन १५, बुधबार मा प्रकाशित