नेपालद्धारा कुवेतलाई १ सय १७ रनको लक्ष्य

काठमाडौं–आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई १ सय १७ रनको लक्ष्य दिएको।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाउन सफल भएको थियो।
नेपालका लागि लागि बिन्दु रावलले अविजित रहदै सवार्धिक २८ रन जोडिन जोड्न सफल रहिन।

बिन्दुले ४९ बलमा १ चौकाको सहयोगमा २८ रन बनाउन सफल भएकि हुन्। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २२ रन जोड्न सफल भईन्।

यस्तै नेरी थापाले १९ रन जोड्दा काजल श्रेष्ठले १८ तथा इन्दु बर्मा र रोमा थापाले समान ७–७ रन जोड्न सफल भईन। कुवेतका मर्याम ओमरले २ विकेट लिईन् ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

त्यसैले नेपाललाई ग्लोबल छनोटमा पुग्न कुवेतमाथि फराकिलो जितले मात्र पुग्ने छैन । नेपालको लागि थाइल्याण्ड र युएईको खेल पनि महत्वपूर्ण हुनेछ ।

२०७५ फाल्गुन १५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment