रियललाई घरेलु मैदानमा मेस्सीको चुनौति

एजेन्सी–विश्व फुटबल जगतका दुई ठुला क्लब बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल’रे अन्तर्गत सेमिफाइनलको दोस्रो लेग प्रतिस्पर्धा गर्दै छन्।

फुटल क्षेत्रकै महत्वकांछि क्लब र खेलाडीले भरियका दुबै टोली रियलको घरेलु मैदान सान्टीयागो बर्नाबेउमा नेपाली समय अनुसार राति १ः४५ बजे मैदान उत्रने छन्।

मैदान उत्रदा दुबै टोलीको लक्ष्य जित हुनेछ। यसअघि बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले १–१ बराबरी खेलेका थिए। जस कारण फाइनल प्रवेशका लागि दुबै टोलीलाई जित्नै पर्ने दबाब छ।

जारी सिजनमा दुबै टोली तेस्रो पटक आमने सामन्ने हुँदै छन्। बार्सिलोनाले ला लिगमा भएको पहिलो भेटमा रियलाई ५–१ को फराकिलो हार चकाएको थियो। त्यस्तै कोपा डेल’रेमा भएको दोस्रो भेटमा दुबै टोलीले बराबरी खेलका थिए।

बार्सिलोनाले यसअघि लगातार तीन पटक कोपा डेल’रेको उपाधि जितिसकेको छ। बार्सिलोना यस पटक पनि दोस्रो सेमिफाइनलमा रियललाई पराजित गर्दै पुनः उपाधिको दाबेदार बन्न चाहन्छ।

तर, यता रियल भने बार्सिलोनको लगातार उपाधि यात्रामा पुर्णविराम लगाउन चाहन्छ। त्यसैले आजको यो खेल जसले जिते स्वतह फाइनल प्रवेश गर्ने छ।

२०७५ फाल्गुन १५, बुधबार मा प्रकाशित