काठमाडौँ–नेपाली राष्ट्रि क्रिकेट टोलिका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पिएसएलमा उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका छन्।
उनले आफ्नो टोली लाहोर कलन्दर्सबाट बुधवार क्वेट्टा ग्लाडिएटर्स विरुद्ध ४ ओभरमा १० मात्र रन खर्चेर ४ विकेट लिन सफल भएका हुन्।
पावर प्लेमै २ ओभर बलिङ गरेका सन्दीपले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिएका थिए।
यसपछि सन्दीपले बाँकी दुई ओभर ५ रन नै खर्चे भने थप १ विकेट लिए।
सन्दीपले चौथो ओभरमा शेन वाट्सन, छैटौँ ओभरमा राइले रुसो र उमर अकमल तथा आठौँ ओभरमा डेनिस अजिजलाई आउट गरेका थिए।
सन्दीपले हालसम्म पीएसएलको ३ खेलमा ८ विकेट लिसकेका छन्। अघिल्ला दुई खेलमा उनले ४ विकेट लिएका थिए ।
समग्रमा २४ बल बलिङ गर्दा सन्दीपले १५ बल डट फाले भने ८ बलमा सिंगल रन दिए भने एक बलमा दुई रन दिए।
