थ्रिस्टार आहा रारा गोल्ड कपको फाइनलमा

काठमाडौं– थ्रि स्टार क्लब आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेका छ। बुधबार भएको क्वाटरफाइनल खेलमा विभागिय टोली एपिएफ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दे फाइनलमा स्थान बनाएको हो।

थ्रिस्टारले एपीएफलाई ४–२ ले पराजित गर्दै प्रतियोगितको फाइनलमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल रहित बराबरी खेले पछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

यसअघिका खेलमा अतिरिक्त समयमा खेल लम्ब्याएपनि मौसम प्रतिकूलताका कारण खेलअघि नै दुवै टोलीले ९० मिनेटसम्म बराबरी भएको खण्डमा सिधै टाइब्रेकरमा पुग्ने सहमति गरेका थिए ।

थ्रिस्टारका लागि रञ्जित धिमाल, सुनिल बल, रुपेस केसी र अनन्त तामाङले गोल गरेका थिए । खेल दौरा सृजना गरेका अवसरलाई सदुपयोग गर्न नसक्दा थ्रि स्टारले सुरुवाती अग्रता लिनबाट चुकेको थियो।

आजको हारसंगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ । अब थ्रि स्टारले दाउफिन्स फुटबल फ्यमिली क्यामरुन र त्रिभुवन आर्मी्बिचको विजेतासँग फाइनल खेलमा उपाधिका लागि भिड्ने छ।

तस्विर : पोखरा स्पोटर्स

२०७५ फाल्गुन १५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment