रियल मड्रिडलाई हराउँदै बार्सिलोना फाइनलमा

एजेन्सी–फुटबल क्लब बार्सिलोना रियल मड्रिडलाइ हराउँदै कोपा डेल रेको फाइलनमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलाई ३–० गोल अन्तरले हराउदै बार्सिलोना लगाता छैटौँ सिजन कोपा डेल रे को फाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगमा १–१ को बराबरि खेलेको बार्सिलोनाले रियलको घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–० गोलको जित निकाल्दै समग्रमा ४–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

बार्सिलोनाको जितका लागि लुइस स्वारेजले ब्याक्तिगत २ गोल गरे भने एक गोल बार्सिलोनाले उपहार स्वरुप पाएको थियो।

बार्सिलोनाले खेलको ५० मिनेमा स्वारेजले गरेको गोल मार्फत अग्रता बनाएको थियो। बार्सिलोनाले खेलको ६९ औं मिनेटमा उपहार गोल पायो। रियलका भारानेले आफ्नै पोष्टमा गोल गरेपछि उपहार गोल माफर्त बार्सिलोनाले अग्रता दोब्बर बनाएको थियो।

निकैनै रोमाञ्चक बनेको खेलको ७३ औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।

यो हारसंगै रियल कोपा डेल रेबाट बाहिरिएको छ। बार्सिलोनाले भ्यालेन्सिया अब उपाधिका लागि र रियल बेटिस र भ्यालेन्सिया विचको विजेतासँग खेल्नेछ।

२०७५ फाल्गुन १६, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment