प्रिमियर लिग : लिभरपुलको शिर्ष स्थानको यात्रा कयमै

एजेन्सी–प्रिमियर फुटबलमा लिभरपुलले आफ्नो शिर्ष स्थानको यात्रा कायम राखेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ५–० गोलको फराकिलो अन्तरले हराउदै शिर्ष स्थानको यात्रालाई कायम राखेको छ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा साडियो माने र भिर्गिल भान डिज्कले २–२ गोल तथा डिभोक ओरिगीले १ गोल गरे।

लिभरपुलाई जित दिलाउने क्रममा खेलको नौ मिनेटमा मानेले पहिलो गोल गरे। खेलको २० औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई दोस्रो सफलता दिलाए।

पहिलो हाफमा २–० गोलको अग्रता बनाएको लिभरपुलका लागि ६६ औं मिनेटमा ओरीगीले तेस्रो गोल गर्दै खेल ३–० को अवस्थामा ल्याए।

पुरै खेल आफ्नो पकडमा पारेको लिभरपुलका लागि खेलको ७९ र ८२ औं मिनेटमा डिज्कले गोल गर्दै ५–० को सहज जित दिलाए ।

२०७५ फाल्गुन १६, बिहीबार मा प्रकाशित