चेल्सीको कम ब्याक, टोटेनहमविरुद्ध जित

एजेन्सी–लगतारको हारसंगै आलोचना खेपिरहेको फुटबल क्लब चेल्सीले टोटेनहमविरुद्धको खेलमा जित निकालेको छ। चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले टोटेनहमलाई २–० गोल अन्तरले हराउदै कम ब्याक गरेको हो।

चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितका लागि पेद्रोले एक गोल गरेका थिए। अर्काे एक गोल भने चेल्सीले उपहार स्वरुप पाएको थियो।

पहिलो हाफ बराबरि खेलेको चेल्सी दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

खेलको ५७ औं मिनेटमा पेद्रोले गोल गर्दै घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए। त्यसपछि ८४ औं मिनेटमा किरन ट्रिपेरले आत्मघाती गोल गरेपछि टोटेनहमले २–० गोलले हार ब्यहोर्नु परेको हो।

जितसंगै चेल्सीले २७ खेलबाट ५३ अंक जोडेको छ । पराजित टोटेनहम ६० अंकसहित लिगको तेस्रो स्थानमा छ ।

२०७५ फाल्गुन १६, बिहीबार मा प्रकाशित