युनाइटेडको जितमा लुकाकुको दुई गोल

एजेन्सी–प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ। बुधबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई ३–१ ले हराउदै जित निकाल्न सफल भएको हो।

क्रिष्टलको मैदानमा भएको खेलमा युनाइटेडको जितका लागि रोमेलु लुकाकुले दुई तथा एस्ले योङले एक गोल गरे। उता क्रिष्टलका जोएल वार्डले एक गोल फर्काए।

खेलको ३३ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ५२ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।

खेलको ६६ औं मिनेटमा जोएल वार्डले गोल गर्दै घेलु टोलीलाई खेलमा फर्काउने कोशिस गरे। तर, खेलको ८३ औं मिनेटमा योङले गोल गर्दै युनाइटेडलाई ३–१ को सहज जित दिलाए।

जितसँगै युनाइटेडले सबै खाले प्रतियोगिताको अवे खेलमा लगातार आठौं जितको कीर्तिमान बनाएको छ । यसअघि युनाइटेड अवे खेलमा लगातार आठ जित निकाल्न सकेको थिएन् ।

२०७५ फाल्गुन १६, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment