दाउफिन्सलाई हराउँदै आर्मी आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं–क्यामारुनको दाउफिन्स फुटबल क्लबलाई हराउदै विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरामा सम्पन्न भएको सेमिफाइनल खेलमा आर्मीले दाउफिन्सलाई १–० ले पराजित गरेको हो ।

आर्मीलाई जित दिलाउन टेकबहादुर बुढाथोकीले निर्णायक गोल गरे । उनले खेलको १३ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

पहिलो हाफमा १–० ले अग्रता लिएको आर्मीले दोस्रो हाफमा अन्य अवसर सृजना गरे पनि थप गोल डगर्न सकेन् ।

उता दाउफिन्सका खेलाडीले आक्रमक खेल प्रस्तुत गरेपनि गोल गर्न सकेनन् । खेलको ८५ औं मिनेटमा दाउफिन्सका डेम्बा ओवुनाले

विकास तामाङलाई ट्याकल गरेपछि दाउफिन्स १० खेलाडीमा समेटिएको थियो । उनले दोस्रो पहेलो कार्ड खाएका थिए। आर्मीले अब प्रतियोगिताको फाइनलमा शनिबार रुस्लान थ्री स्टारको सामना गर्नेछ ।

२०७५ फाल्गुन १६, बिहीबार मा प्रकाशित