नेपाली फुटबल विकासका लागि चाईनिज फुबल संघ र एन्फाबिच सम्झौता

काठमाडौं–नेपाली फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र चाईनिज फुटबल संघबीच सम्झौता भएको हो । बिहिबार राजधानिमा एक कार्यक्रम बिच सम्झौता सम्पन्न भएको हो।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र चाईनिज फुटबल संघका अध्यक्ष चाई झिन्हुआबीच चार बर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार चिनले राष्ट्रिय टिम, पुर्वाधार र फुटबलको प्राविधिक बिषयको विकासमा सहयोग गर्नेछ ।

सम्झौतासँगै राष्ट्रिय टिमको आदान प्रदान, पुर्वाधार विकासमा सहकार्य, प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्नेछ । सम्झौतापछि बोल्दै एन्फा अध्यक्ष शेर्पाले यस सहकार्यले नेपाली फुटबल विकासको लागि चीनले प्रवर्दन गर्ने बताए ।

यस्तै चाईनिज फुटबलका अध्यक्ष झिन्हुआले महिला र युवा टिमबीच सम्बन्ध बनाउने आधार तयार भएको बताउदै नेपालसँग मिलेर फुटबलमा धेरै काम गर्न सकिने बताए ।

२०७५ फाल्गुन १६, बिहीबार मा प्रकाशित