काठमाडौँ : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूहरु नेपालको लागि टेष्ट क्रिकेट खेल्न चाहेको बतांएका छन्।
पाकिस्तान सुपर लिग पिएसल खेल्ने क्रममा हाल दुबईमा रहेकोले सन्दीपले इएसपिएनक्रिकइन्फोसँगको कुराकानीमा आफ्नो व्यक्तिगत क्रिकेट जीवन, नेपाली क्रिकेट, विदेशी लिगहरुको बारेमा बोलेका छन्। त्यसै क्रममा सन्दीपले टेष्ट खेल्ने बारे पनि बोलेका हुन्।
उनले विश्वका विभिन्न लिगमा फरक स्पिनरहरुसँग खेल्न फरक कुराहरु सिक्न मौका पाएको पनि बताएका छन्।
यस्तै अहिले पिएसएलमा लाहोर कलन्दर्सबाट खेलिरहेका सन्दीपको टिममेटका रुपमा पाकिस्तानी स्पिनर यासिर शाह छन्। उनले पाकिस्तानका लागि उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।
यस बाहेक सन्दीपले नेपाली घरेलु क्रिकेट, यसको संचरना लगायत भौतिक पूर्वाधारको बारेमा पनि कुरा गरेका छन्। साथै उनले आफ्नो आइडल क्रिकेटर नेपालको कप्तान पारस खड्का भएको बताएका छन्।
पुरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्
