आहा–रारा गोल्डकपको उपाधि थ्री स्टारलाई

काठमाडौं–रुस्लान थ्रीस्टार क्लबले १७ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा पराजित गर्दै थ्रीस्टार च्याम्पियन बन्न सफल भएको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यस पछिको अतिरिक्त समयमा दुबै टोलीले पुन १–१ गोल गरेका थिए । पुरै खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो ।

निकैनै रोमाञ्चक बनोको खेल टाईब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि अन्तिममा थ्री स्टारले सडनडेथमा खेल आफ्नो पक्षमा पा¥यो । थ्रीस्टारका लागि प्रतियोगिताको यो पाँचौ उपाधि हो ।

यस अघि खेलको अतिरिक्त समयमा आर्मिका टेकबहादुर बुढाथोकीले पहिलो हाफको पाँचौ मिनेटमा गोल गर्दै आर्मिलाई सुरुवाती अग्रता दिलाएका थिए ।
उता थ्री स्टारका रञ्जित धिमालले ४५ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुगाए ।

निर्धारित समएको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यस पछि अतिरिक्त समयको १५ औ मिनेटमा आर्मीका बिमल पाण्डेले गोल गर्दैै आर्मीलाई २–१ को अग्रता दिलाए । आर्मिले अक्त अग्रतालाई जोगाइ राख्न सकेन खेलको अन्तिम समयतिर थ्री स्टारका पिटरले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दुबै टोलीले आजको खेल १०–१० खेलाडीमा सिमित रहदै खेल सकाएका थिए । खेलको अतिरिक्त समयको आठौं मिनेटमा थ्री स्टारका सुनिल बल रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

उता नाम सुचिमा नभएका आशिष शाक्यलाई खेलमा प्रवेश गराएपछि अन्तिम समय आर्मि समेत १० खेलाडीमा सिमिति भएको थियो ।

उपाधिसंगै थ्री स्टारले ८ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ४ लाख रुपैयाँ प्राप्त गर्यो ।

२०७५ फाल्गुन १८, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment