रियाद महारेजको निर्णायक गोलमा सिटी शीर्ष स्थानमा

म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। रियाद महारेजले गरेको एक मात्र गोल निर्णायक बनेपछि एएफसी बर्नमाउथलाई १-० ले पराजित गर्दै सिटी पहिलो स्थानमा उक्लेको हो।

सिटीका लागि महारेजले ५५औँ मिनेटमा गोल गरे।

जितपछि २९ खेलबाट सिटीको ७१ अंक भएको छ। २८ खेलबाट ६९ अंक रहेको लिभरपुल दोस्रो स्थानमा छ।

यस्तै लण्डन डर्बीमा टोटनहम र बर्सनलले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीपछि पनि २९ खेलबाट ६१ अक जोडेको टोटनहम तेस्रोमै छ।

उता म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनलाई हराएपछि आर्सनल पाँचौ स्थानमा झरेको छ।

रोमेलु लुकाले दुई गोल गरेपछि युनाइटेडले साउथह्याम्पटनमाथि ३-२ को जित हात पारेको हो। लुकाकुले ८८औँ मिनेटमा गोल गर्दै खेल जिताएका थिए।

जितपछि युनाइटेडले २९ खेलबाट ५८ अंक जोडेको छ। समान खेलबाट आर्सनलको ५७ अंक छ।

२०७५ फाल्गुन १८, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment