एल क्लासिको भिडन्तमा बार्सिलोनाद्वारा रियल पराजित, राकिटिचको निर्णायक गोल

इभान राकिटिचको निर्णायक गोल मद्दतमा बार्सिलोनाले ला लिगामा रियल मड्रिडलाई १-० ले पराजित गरेको छ। एल क्लासिको भिडन्तको रुपमा चर्चित खेलमा बार्सिलोनाले रियललाई उसैको मैदानमा पराजित गर्दै दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथ १० अंकको अग्रता बनाएको छ।

सान्टियागो वर्नावेउमा भएको खेलमा बार्सिलोनाका लागि राकिटिचले खेलको २६औँ मिनेटमा गोल गरेका थिए। त्यही गोल फेब्रुअरी २८ मा कोपा डेल रे मा बार्सिलोनाले ३-० को जित हात पारेको थियो।

रियललाई पराजित गरेपछि ला लिगामा बार्सिलोनाले उपाधि यात्रालाई मजबुत बनाएको छ।

बार्सिलोनको २६ खेलबाट ६० अंक छ भने एक खेल कम खेलेको एट्लेटिको दोस्रोमा छ। २६ खेल नै खेलेको रियल ४८ अंकसहित तेस्रोमा छ।

२०७५ फाल्गुन १९, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment