यस्तो छ एन्फाको नयाँ लोगो

काठमाडौँ – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नो लोगो परिवर्तन गरेर नयाँ लोगो सार्वजनिक गरेको छ।

यसअघि नै नयाँ लोगो सामाजिक सञ्चालतिर देखिएपनि एन्फाले सोमवार कार्यक्रम बयोजना गरेर आधिकारिक रुपमा नयाँ लोगो सार्वजनिक गरेको हो।

यसअघि एन्फा लोगो गोलाकार थियो। पोखराका सन्दीप तिवारीले बनाएको नयाँ लोगो भने चारपाटे छ।

नया लोगोमा विश्वकै सर्वोच्च शिखर सगरमाथा, नेपालको झण्डाको आकार र यसको रङ तथा फुटबललाई समावेश गरिएको छ। लोगोको माथिल्लो भागमा सगरमाथा छ भने त्यसपछि नेपालको चन्द्र सूर्य अंकित झण्डा छ अनी तल फुटबल छ। फुटबलमा नेपालको सा प्रदेशलाई प्रतिनिधित्व गर्ने सात भाग बनाइएको छ।

एन्फाले नयाँ लोगो निर्माणका लागि सार्वजनिक रुपमा आह्वहान गरेको थियो। जसबाट ५७० डिजाइनहरु प्राप्त भएको र त्यसमध्ये पोखराका सन्दीप तिवारीले बनाएको उक्त लोगो नयाँ लोगो छानिएको एन्फाले जनाएको छ।

अब नयाँ लोगो नेपालको राष्ट्रिय फुटबल टिमले लगाउने जर्सीमा पनि राखिनेछ। यसअघि देब्रे भागमा नेपालको झण्डा राखिएको थियो अब त्यस स्थानमा झण्डाको सट्टा नयाँ लोगो राखिनेछ।

 

२०७५ फाल्गुन २०, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment