सिप्यान क्रिकेट अवार्ड : सन्दीप र सीता वर्ष खेलाडी, कोमल पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ : सन्दीप लामिछाने र सीता मगर नेपाली क्रिकेटको उत्कृष्ट खेलाडी चुनिएका छन्। क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले पहिलो पटक आयोजना गरेको एनसिसिएस सिप्यान क्रिकेट अवार्डमा सन्दीप पुरुष वर्ष खेलाडी र सीता महिला वर्ष खेलाडी घोषित भएका हुन्।

अन्तर्राष्ट्रिय स्तरमा पछिल्लो एक वर्ष नेपाली खेलाडीको गरेको प्रदर्शनको आधारमा पाँच जनाको मनोनयनमा परेका मध्येबाट विजेता छानिएको हो।

राजधानीस्थित रसियन कल्सर सेन्टरमा मंगलवार भएको अवार्ड समारोहमा वर्ष खेलाडी पुरुष र र महिलासहित कूल ५ विधामा अवार्ड वितरण गरिएको थियो।

यस्तै राष्ट्रिय टिमका रोहित कुमार पौडेल उदयीमान खेलाडी घोषित भए। करण केसीले वर्षको उत्कृष्ट क्षणको अवार्ड जिते। यस्तै कोमल पाण्डेले लाइफटाइम अचिभमेन्टबाट सम्मानित भए।

वर्ष खेलाडी पुरुषले नगद १ लाख ३२ हजार पुरस्कार प्राप्त गरे भने अन्य चार विधाका विजेताले समान ६६ हजार प्राप्त गरे।

चार विधाको अवार्ड टेक्निकल कमिटिले चयन गरेको थियो भने उत्कृष्ट क्षणको अवार्ड अनलाइन भोटिङको आधारमा छनोट गरिएको हो। जसमा करणसहित विभिन्न दश क्षण मनोनयनमा थिए।

गत वर्ष नामिबियामा भएको डिभिजन टू मा क्यानडा विरुद्ध जित्नैपर्ने खेलमा चमत्कारीक प्रदर्शन गर्दै नेपाललाई १ विकेटको रोमाञ्चक जित दिलाएका करण सबैभन्दा धेरै भोट पाउँदै विजेता बनेका हुन्।

२०७५ फाल्गुन २१, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment