रियल मड्रिडलाई उसैको मैदानमा दोस्रो लेगको खेलमा ४-१ ले पराजित गर्दै डच क्लब अयाक्स समग्रमा ५-३ को जित हात पार्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा भएको पहिलो लेगमा २-१ ले पराजित भएपछि रियलको मैदान सान्टियागो वर्नावेउमा भएको दोस्रो लेगमा शानदार जित हात पार्दै अयाक्सले अन्तिम ८ मा स्थान बनांएको हो।
पहिलो लेग हारेपनि अयाक्सले दोस्रो लेगमा शानदार पुनरागमन गर्दै ४ गोल गरेको हो। अयाक्सका लागि हाकिम जियाच, डेभिड नेरेस, डुसान टाडिक र लासे सोएनेले गोल गरे।
रियलका लागि मार्को असेन्सिओले एक गोल फर्काए। खेलको अन्त्यतिर रियलका नाचो फर्नान्डेज रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।
रियलले पछिल्लो तीन संस्करणको उपाधि जित्दै च्याम्पियन लि उपाधिका ह्याट्रिक गरेको थियो।
