टोटनहम हट्सपर सन् २०११ पछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बोरुसिया डर्टमण्डलाई प्रिक्वाटरफाइनलमा समग्रमा ४-० ले पराजित गर्दै इग्ल्स क्लबल टोटनहम क्वाटरफाइनलमा प्रवेश गरेको हो।
टोटनहम क्लबको इतिहासमा दोस्रो पटक क्वाटरफाइनल पुगेको हो।
ह्यारी केनको एक मात्र गोलको सहयोगमा टोटनहमले डर्टमण्डलाई दोस्रो लेगमा १-० ले पारजित गरेको हो। केनले ४९औँ मिनेटमा गोल गरेका हुन्।
पहिलो लेगमा टोटनहमले ३-० को जित हात पारेको थियो।
पछिल्लो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्दा टोटनहम रियल मड्रिडसँगसँग पराजित हुँदै बाहिरिएको थियो।
