क्रिकेट खेलाडी संघको साधारणसभा सम्पन्न, शक्ति गौचनलाई पनि जिम्मेवारी

क्रिकेट खेलाडीहरुको हक हितको लागि भनेर २०७३ सालमा स्थापना भएको क्रिकेट खेलाडी संघ नेपालले आफ्नो चौथो साधारणसभा समपन्न गरेको छ।

बुधबार राजधानीमा एक कार्यक्रम गर्दै संघले नया कार्यसमिति चयन गरेको छ। नया कार्यसमितिमा यसअघि समितिमा रहेका दिपेन्द्र चौधरी र सुबास खकुरेलले राजिनामा दिएपछि उनिहरुको स्थानमा शक्ति गौचन र महिला खेलाडी ज्योति पाण्डेलाई चुनेको छ। दुवैजनाले सदस्यको जिम्मेवारी पाएका हुन्।

कार्यसमितिमा रहेका अन्य पोस्टमा भने कुनैपनि परिवर्तन भएन। कार्यक्रममा महासचिव पारस खड्का र कोषाध्यक्ष पृथु बास्कोटाले भाबि योजना र आर्थिक आय-व्यय पेश गरेका थिए।

तेस्रो साधारणसभा बाट अध्यक्षमा चुनिएका पवन अग्रवाल, महासचिव रहेका पारस खड्का, उपाध्यक्षमा रहेका सिता राना मगर र राजु खड्का, सचिबमा रहेका राजु बस्न्यात, कोषाध्यक्षमा रहेका पृथु बास्कोटा तथा सदस्यहरुमा रहेका सोमपाल कामि र करुणा भण्डारीले निरन्तरता पाएकाछन्।

सिप्यानले मंगलबार राजधानीमा सिप्यान क्रिकेट अवार्ड २०१९ आयोजना गरेको थियो। उक्त अवार्डमा सन्दिप लामिछाने उत्कृस्ट पुरुष बर्ष खेलाडी, सिता राना मगर उत्कृस्ट महिला बर्ष खेलाडी, रोहित पौडेल उदयमान बर्ष खेलाडी, किरण केसीको क्यानडा बिरुद्दको ऐतिहासिक ४२ रनको खेल जिताएको पारि बर्षको उत्कृस्ट क्षण घोषणा भएका थिए। यस्तै कोमल पाण्डेले लाइफटाइम एचिभमेन्ट अवार्ड पाएका थिए।

२०७५ फाल्गुन २२, बुधबार मा प्रकाशित