च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेड र पोर्टो पुनरागमन जित हात पार्दै क्वाटरफाइनलमा

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र पोर्चुगिज क्लब पोर्टो पुनरागमन जित हात पार्दै युरोपियन च्याम्पियन ल्सगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

प्रिक्वाटरफाइनलको पहिलो लेगमा हार बेहोरेका दुवै क्लबले दोस्रो लेगमा शानदार जित हात पार्दै नतिजा आफ्नो पक्षमा पारेको हो।

युनाइटेड पहिलो लेगमा घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन पिएसजीसँग २-० ले पराजित भएको थियो। तर दोस्रो लेगमा पिएसजीलाई उसैको मैदानमा ३-१ ले पराजित गर्दै युनाइटेड अन्तिम आठमा पुग्यो।

मार्कोस रासपोर्डले इन्जुरी टाइमा पेनाल्टीबाट गोल गरेपछि समग्रमा स्कोर ३-३ को बराबरी भएको थियो। तर अवे गोलका आधारमा युनाइटेडले पिएसजीलाई पछि पार्‍यो। त्यसअघि रोमेलु लुकाकुले दुई गोल गरेका थिए।

उता पहिलो लेगमा रोमासँग २-१ ले पराजित भएको पोर्टोले दोस्रो लेगमा इटालियन क्लब रोमालाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै समग्रमा ४-३ को जित हात पारेको हो।

घरेलु मैदानमा भएको खेलको निर्धारित समयमा पोर्टोले २-१ को अग्रता बनाएपछि खेल ३-३ को बराबरी भएको थियो। रोमाले पनि घरेलु मैदानमा २-१ ले जितेको थियो।

त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा एलेक्स टेलेसले गोल गर्दै पोर्टोलाई जिताए। उनले खेल सकिन ३ मिनेट अगाडि पेनाल्टीमा गोल गरेका थिए।

२०७५ फाल्गुन २३, बिहीबार मा प्रकाशित