साफ महिला च्याम्पियनसिप : २० सदस्यीय नेपाली टोली घोषणा

काठमाठौँ : नेपालमा पहिलो पटक आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा भएको छ। निरु थापाको कप्तानीमा २० सदस्यीय टोली बिहीवार घोषणा भएको हो।

मुख्य प्रशिक्षक हरि खड्काले घोषणा गरेको टोलीमा पूर्व कप्तान अनु लामा भने अटाइनन्। भारतमा हिरो गोल्डकप खेल्दा टिममा रहेका २३ खेलाडीलाई खड्काले बन्द प्रशिक्षणमा राखेका थिए। र त्यसबाट २० खेलाडी छान्दा अनुसहित विमला चौधरी र सुनिता चौधरी भने टिममा अटाइनन्।

यस्तै टिममा यू-१९ राष्ट्रिय टिममा ६ खेलाडीले स्थान बनाएका छन्।

यही फागुन २८ देखि विराटनगरको शहिद रंगशालमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्नेछ।

 

२० सदस्यीय महिला टिम:

गोलकिपर : एन्जिला तोम्बाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मन माया लिम्बु

मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड : रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी

 

(फाइल फोटो)

२०७५ फाल्गुन २३, बिहीबार मा प्रकाशित