नेपालको पुरुष फुटबल टिमले दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ : नेपालको राष्ट्रिय पुरुष फुटबल टिमले एक साताको अन्तरमा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखल नेपाल फुटबल संघ (एन्फा) ले नेपालले कुवेत र मलेसियासंग खेल्न लागेको जनाएको हो।

एन्फाका अनुसार नेपालले मार्च २१ मा कुवेत र मार्च २६ मा मलेसियासंग खेल्नेछ। नेपालले कुवेतसंग पाँचौ र मलेसियासंग सातौ पटक खेल्न लागेको हो।

यस खेलको लागि नेपालका मुख्य प्रशिक्षक योहान कलिनले छिट्टै टिमको घोषण गर्ने एन्फाले जनाएको छ।

उनले आफ्नो लागि पहिलो काम रहेको र महत्वपूर्ण अनुभव हुने बताएका छन्। यस बाट नेपाली टिमको अहिलेको अवस्था पनि थाहा हुने उनले बताए।

कलिनलाई राष्ट्रिय टिम तयारीमा नेपालका किरण श्रेष्ठले सघाउने एन्फाले जनाएको छ।

 

(फाइल फोटो)

२०७५ फाल्गुन २३, बिहीबार मा प्रकाशित