युरोपा लिगमा आर्सनल रेनेससँग पराजित

युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको उपाधि दाबेदार मध्ये एक रहेको आर्सनल अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ।

अन्य उपाधि दाबेदारहरु चेल्सी र नेपोली जस्ता क्लबले सहज जित हात पार्दा आर्सनल भने अग्रता जोगाउन नसक्दा फ्रेन्च क्लब रेनेससँग ३-१ ले पराजित भयो।

खेलको १२औँ मिनेटमा एलेक्स इओवीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ४१औँ मिनेटमा सोक्रेटसले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा झर्‍यो।

४२औँ मिनेटमा रेनेसका बेन्जनमिन बोरगेउडले बराबरी गोल फर्काए। ६५ आर्सनलका नाचोले आत्मघाती गोल गरेपछि आर्सनल पछि पर्‍यो। ८८औँ मिनेटमा इस्माइल सारले गोल गर्दै रेनेसलाई जित दिलाए।

उता चेल्सीले डाइनामो किभ र नेपोलीले साल्जवर्ग लाईसमान ३-० ले हरायो।

अन्य खेलमा स्पानिस क्लब भ्यालेन्सिया र भियारियालले पनि जित हात पारे। अर्को स्पानिस क्लब सेभिया भने बराबरीमा रोकियो।

२०७५ फाल्गुन २४, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment