लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा रायो भालेकानोलाई ३-१ ले पराजित गरेको छ।
घरेलु मैदानमा एक गोलले पछि परेको स्थितीमा बार्सिलोनाले पुनरागमन गर्दै ३ गोल गरेको हो।
जितपछि बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ७ अंकको अग्रता कायमै राखेको छ। त्यसअघि एट्लेटिकोले लेगानेसलाई १-० ले पराजित गर्दै अंकदूरी ४ मा झारेको थियव।
घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन ३८औँ मिनटमा जेरार्ड पिके, ५१औँ मिनेटमा कप्तान लियोनल मेसी र ८२औँ मिनेटमा लुइस सुअरेजले गोल गरे। त्यसअघि २४औँ मिनेटमा राउल डे टोमसले गोल गर्दै रायोलाई पहिले अग्रता दिलाएका थिए तर त्यो अग्रता जोगाउन सकेन।
जितपछि २७ खेलबाट ६३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। सोउल निगेको गोलमा लेगानेसलाई पराजित गरेको एट्लेटिको ५६ अंकका साथ खोस्रो स्थानमा छ।
एक खेल कम खेलेको रियल मड्रिड ४८ अंकका साथ तेस्रोमा छ।
