प्रिमियर लिग : लिभरपुको पुनरागमन जित, हाजार्डले चेल्सीलाई हारबाट जोगाए

रोवर्टो फिर्मिनो र साडियो मानेले दुई-दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा बर्नली विरुद्ध पुनरागमन जित हात पारेको छ।

खेलको छैटौँ मिनेटमै पछि परेको लिभरपुलले बर्नलीलाई ४-२ ले पराजित गर्दै ३ अंक जोडेको हो। जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी एकमा झारेको छ।

समान ३० खेलपछि सिटीको ७४ अंक छ भने लिभरपुलको ७३ अंक छ।

लिभरपुलको मैदान एनफिल्डमा छैटौँ मिनेटमै एस्टन वेष्टहुडले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए। तर १९औँ मिनेटमा फिर्मिनोले गोल गर्दै खेल बराबरी गरे भने २९औँ मिनेटमा मानेले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २-१ को अग्रता लियो।

६८औँ मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३-१ को अग्रता बनायो। लिभरपुल जितर्फ अगाडि बढिरहेको बेला इन्जुरी टाइमको पहिलो मिनेटमा बर्नलीका जोहान गुड्मुन्डोसनले गोल गर्दै गर्दै खेल ३-२ को स्थितीमा पुर्‍याएका थिए। तर मानेले इन्जुरी टाइममको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले सहज जित हात पारेको हो।

उता एडेन हाजार्डले इन्जुरी टाइममा गोल गरेपछि चेल्सीले वुभ्ससँग १-१ को बराबरी खेल्दै अंक खोस्न सफल भएको छ। चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेमा राउल जिमिनेजले ५६औँ मिनेटमा गोल गर्दै वुभ्सलाई अग्रता दिलाएका थिए। निर्धारित समयसम्म वुभ्लुले उक्त अग्रता कायम राख्दै जित नजिक पुगेको थियो। तर हाजार्डले इन्जुरी टाइममको दोस्रो मिनेटमा गोल गरेपछि घरेलु मैदानमा चेल्सीले हार टार्दै एक अंक जोडेको हो।

बराबरीपछि चेल्सीले २९ खेलबाट आर्सनल समान ५७ अंक जोडेको छ। तर गोलअन्तरमा अगाडि रहेको आर्सनल पाँचौ स्थानमा छ भने चेल्सी छैटौँ स्थानमा यथावत छ।

२०७५ फाल्गुन २६, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment