म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै आर्सनल प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ।
गत डिसेम्वरमा ओले गनर सोल्साएर कार्यवाहक व्यवस्थापक बनेपछि उत्कृष्ट प्रदर्शन गरिरहेको युनाइटेडलाई आर्सनलले २-० ले पराजित गरेको हो।
यसपछि लिगमा युनाइटेडको १२ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ।
घरेलु मैदान एमिरेट्स स्डेडियममा आर्सनलका लागि १२औँ मिनेटमा ग्रान्ट जाका र ६९औँ मिनेटमा पिएरे एमरिक ओवामेयाङले पेनाल्टीबाट गोल गरेका थिए।
जितपछि ३० खेलबाट ६० अंक जोडेको आर्सनलले युनाइटेडलाई २ अंकले पछि पार्दै चौथो स्थामा उक्लेको हो। समान खेलबाट ६१ अंक रहेको टोटनहम तेस्रो स्थानमा छ। युनाइटेडको ६० अंक छ भने एक खेल कम खेलेको चेल्सी ५७ अंकका साथ छैटौँमा छ। यी चार क्लब शीर्ष चारमा पर्न होडबाजी गरिरहेका छन्। चार मध्ये दुई क्लबले मात्र अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछ।