सन्दीप लामिछाने मंगलवार नेपाल फर्कँदै

काठमाडौँ –  युएई र पाकिस्तानमा पाकिस्तान सुपर लिग पिएसएल खेलेपछि नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछाने भोली नेपाल आउँदैछन्।

सन्दीप मंगलवार दिउँसो ३ बजेर ३५ मिनेटमा कतार एयरवेजबाट त्रिभुवन विमानस्थलमा ओर्लने नेपाली राष्ट्रिय टिमका व्यवस्थापक र टेक्निकल एनालिस्ट समेत रहेका रमन सिवाकोटीले जनाएका छन्।

सन्दीपले पिएसएलको पहिलो सिजनमा लाहोर कलन्दर्सका लागि ७ खेल खेल्दै ११ विकेट लिएका थिए।

लाहोरको अन्तिम लिग खेलमा आज मुल्तान सुल्तान विरुद्ध सन्दीपले खेलेका थिए तर विकेट लिन सकेनन्। मिश्रित प्रदर्शन गरेका सन्दीपले क्वेट्टा ग्लाडिएटर्सविरुद्धको खेल टी २० लिग करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिएका थिए।

२०७५ फाल्गुन २७, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment