रोनाल्डोको सानदार ह्याट्रिकमा युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

क्रिस्टियानो रोनाल्डोले सानदार प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि एटलेटिको मड्रिडलाई पराजित गर्दै युभेन्टस क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा २-० ले पछाडी रहेको युभेन्टसलाई जित दिलाउन रोनाल्डो एक्लैले दोश्रो लेगमा ३ गोल गरेका हुन्।

रोनाल्डोले खेलको २७ औं मिनेटमा पहिलो गोल गर्दै समग्रमा अन्तरलाई २-१ मा झारेका थिए। पहिलो हाफको समाप्तीमा युभेन्टसले १-० को अग्रता लिएको थियो।

रोनाल्डोको पहिलो गोल

दोश्रो हाफको ४ मिनेटमा रोनाल्डोले दोश्रो गोल गर्दै समग्रमा पहिलो लेगमा रहेको स्कोरलाईनसँग बराबर गर्दै क्वाटरफाइनलको यात्रामा आशा देखाएका थिए। उनको खेलमा दोश्रो हेडर गोल थियो।

दोश्रो गोल

खेलमा ४ मिनेटको समय बाँकी रहंदा रोनाल्डोले ह्याट्रिक गर्ने सुन्दर अवसर प्राप्त गरे। फेडेरिको बेरनार्डेस्किलाई एटलेटिको मड्रिडका खेलाडी एन्जेल कोरीयाले डी बक्सभित्र लडाएपछी पाएको पेनाल्टीको अवसरलाई रोनाल्डोले टिम तथा आफ्नो व्यक्तिगत तेस्रो गोलमा परिणत गरे।

पेनाल्टी प्रहार गर्दै

उक्त गोल संगै युभेन्टसले च्याम्पियन्स लिग अन्तर्गतको खेलमा एटलेटिको मड्रिडसँग पहिलो लेगमा २-० को हार व्यहोरे पनि दोश्रो लेगमा उत्कृस्ट कमब्याक गर्दै समग्रमा ३-२ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गर्यो।

२०७५ फाल्गुन २९, बुधबार मा प्रकाशित