कप्तान लियोनल मेसीले दुई गोल गर्नुका साथै दुई गोलका लागि सहयोग गरेपछि बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।
मेसीको प्रेरणादायी प्रदर्शनमा घरेलु मैदानमा भएको दोस्रो लेगमा स्पानिस जाइन्ट बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई ५-१ ले पराजित गरेको हो। पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।
क्याम्प नोउमा मेसीले १९औँ र ७८औँ मिनेटमा तथा फिलिप काउटिन्होले ३१औँ मिनेटमा गोल गरे। मेसीको सहयोगमा जेरार्ड पिकेले ८१औँ र उसमान डेम्बेलेले ८६औँ मिनेटमा गोल गरे।
यस सिजन स्पेनबाट क्वाटरफाइनल पुग्ने बार्सिलोना एक्लो टिम बनेको छ। साविक विजेता रियल मड्रिड र एथ्लेटिको मड्रिड भने पहिलो लेगमा जितका बावजुतपनि दोस्रो लेगमा पराजित हुँदै बाहिरिसकेको छन्।
उता इंग्ल्याण्डबाट भने यस पटक चारवटै क्लबले अन्तिम ८ मा स्थान बनाएका छन्।

लिभरपुलले प्रिक्वाटरफाइनलको दोस्रो लेगमा वायर्न म्युनिखलाई उसैको मैदानमा ३-१ ले पारजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। यसअघि नै टोटनहम, म्यानचेष्टर युनाइटेडे र म्यानचेष्टर सिटीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन्।
पहिलो लेग गोलरहित बराबरी खेलेपनि दोस्रो लेगमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई र भर्जिल भान डाइकले एक गोल गरे। वायर्नका लागि लिभरपुलका जोएल मातिपले एक गोल उपहार दिएका थिए।
बार्सिलोना र लिभरपुलले क्वाटरफाइनलमा स्थान बनाएसँगै अन्तिम आठमा पुग्ने आठवटै टोलीको टुङ्गो लागेको छ। जसमा प्रिमियर लिगबाट सर्वाधिक ४ क्लब छन् भने स्पेन, इटली, नेदरल्याण्ड्स र पोर्चुगलबाट १-१ क्लब छन्।
इंग्ल्याण्डबाट एकै सिजन चार क्लब अन्तिम आठमा पुगेको यो तेस्रो पटक हो। पछिल्लो पटक सन् २००८-९ मा आर्सनल, चेल्सी, म्यानचेष्टर युनाइटेड र र लिभरपुल क्वाटरफाइनल पुगेका थिए।
????????
Four English clubs in #UCL quarter-finals for the first time since 2008/09! pic.twitter.com/VV7DCm5L7u— UEFA Champions League (@ChampionsLeague) March 13, 2019
