क्रिकेटर सरिता मगरलाई एसएम ब्राण्डको साथ

काठमाडौँ : विश्व चर्चित क्रिकेट सामाग्री उत्पादन कम्पनी एसएम ब्राण्डले राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य सरिता मगरलाई प्रायोजन गरेको छ। सरिता प्रायोजन पाउने पहिलो महिला क्रिकेटर बनेकी छन्।

भारतीय क्रिकेट सामाग्री एसएम ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रहेको आरएनबी बिजिनेसले शुक्रवार सरितासाग एक वर्षको सम्झौता गरेको हो।

सम्झौतामा आरएनबीका तर्फबाट सिइओ नितेश केसी र खेलाडी सरिताले हस्ताक्षर गरे।

सम्झौता अनुसार आरएनबीले एक वर्षका लागि सरितालाई आवश्यक पर्ने सबै क्रिकेट किट्स प्रदान गर्ने आरएनबीले जनाएको छ।

अहिले एक वर्षको सम्झौता गरेको र आगामी दिनमा यसलाई नविकरण गर्दै लैजाने आरएनबीकातर्फबाट अभय राणाले जानकारी दिए।

पहिलो पटक प्रायोजन पाएपछि सरिताले एकदमै खुशी लागेको र महिला क्रिकेटमा यस्तो खालको सहयोग हुनुपर्ने बताइन्।

यस्तै आरएनबी र सरिताबीच पुलको काम गरेका प्रशिक्षक विनोद दासले महिला क्रिकेटको लागि आरएनबीले सहयोगको सुरुवात गरेको र बगामी दिनमा अझै सहयोग हुनुपर्ने बताए।

२०७५ चैत्र १, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment