रोहित पौडेललाई कप्तान चयन गर्दै यू-१९ क्रिकेट टोली घोषणा

काठमाडौँ : आइसीसी यू-१९ क्रिकेट वर्ल्ड कप क्वालिफायर (एसिया)को लागि रोहित कुमार पौडेलको कप्तानीमा प्रारम्भिक नेपाली टोली घोषित भएको छ।

शुक्रवार घोषित नेपाली टोलीमा रोहितलाई नयाँ कप्तान चयन गर्दै १८ सदस्यीय टोली घोषणा भएको हो। यसअघिका कप्तान आसिफ शेखको स्थानमा राष्ट्रिय टोलीबाट खेलिसकेका रोहितलाई कप्तान चयन गरिएको हो।

वर्ल्डकपको तयारीका लागि यस टोली शनिवार भारत जाँदैछ। भारतमा नेपाली टोलीले आन्द्र प्रदेश स्टेट टिमसँग ४ अभ्यास खेल खेल्ने तालिका रहेको छ।

१८ सदस्यीय प्रारम्भिक टोलीमा रोहितसँगै, राष्ट्रिय टिमबाट खेलिसकेका सन्दिप जोरा, पवन सर्राफ अनी राष्ट्रिय टिममा परेका भिम शार्की पनि छन्।

भारतबाट फर्केपछि १४ सदस्यीय अन्तिम टोली घोषणा हुनेछ।

यू-१९ वर्ल्डकपको एसियन क्वालिफायर अप्रिल १० देखि २० सम्म मलेसियामा हुँदैछ।

नेपाली टोलीको प्रशिक्षकमा विनोद दास छन्। यस्तै ब्याटिङ कन्सलटेन्टका रुपमा अपूर्व देसाई र ट्रेनरको रुपमा सुवास पात्रो उतैबाट नेपाली टिममा समावेश हुनेछन्।

 

१८ सदस्यीय नेपाली टोली:
रोहित पौडेल, आशिफ सेख, पवन सर्राफ, सन्दिप जोरा, भीम सार्की, रवीकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सुर्य तामाङ, लोकेश बम, शेर मल्ल

२०७५ चैत्र १, शुक्रबार मा प्रकाशित