एफए कप : म्यानचेष्टर सिटी सेमिफाइनलमा, म्यानचेष्टर युनाइटेड बाहिरियो

म्यानचेष्टर सिटी पुनरागमन जित हात पार्दै एफए कपको सेमिफाइनलमा प्रवेश गर्दा म्यानचेष्टर युनाइटेड भने बाहिरिएको छ।

पहिलो हाफमा दुई गोलले पछि परेर पनि दोस्रो हाफमा तीन गोल फर्काँदै सिटीले स्वान्सीलाई ३-२ ले पराजित गरेको हो।

६८ मिनेटसम्मा २-० ले पछि रेहको सिटीले अन्तिम २१ मिनेटमा तीन गोल फर्कायो।

घरेलु मैदानमा स्वान्सीका लागि म्याट ग्रीन्सले २०औँ मिनेटमा पेनाल्टीबाट र २९औँ मिनेटमा सेलिनाले गोल गर्दै स्वान्सीलाई २-० को अग्रता दिलाएका थिए। तर अग्रता जोगाउन भने भने सकेन।

उत्कृष्ट पुनरागमन गर्ने क्रममा सिटीका लागि बर्नार्डो शिल्भाले ६९औँ मिनेटमा पहिलो गोल गरे। क्रिस्टोफर नोर्डेटले ७८औँ मिनेटमा आत्मघाती गोल गरेपछि खेल २-२ को स्थितीमा पुग्यो।

८८औँ मिनेटमा सर्जियो अगुएरोले गोल गर्द् सिटीलाई ३-२ को जित दिलाउँदै सेमिफाइलन पुर्‍याए।

उता म्यानचेष्टर युनाइटेड भने वल्भ्ससँग २-१ ले पराजित हुँदै बाहिरिएको छ।

वल्भ्सको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर ७०औँ मिनेटमा राउल जिमिनेज र ७६औँ मिनेटमा डिएगो जोटोले गोल गर्दै वल्भ्सलाई २-० को अग्रता दिलाए। मार्कोस रासफोर्डले खेलको अन्त्यतिर गोल गरेपनि युनाइटेडले हार टार्न सकेन।

२०७५ चैत्र ३, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment