ला लिगा: रियल बेटिस बिरुद्द मेस्सीको ‘ह्याट्रिक’

काठमाडौं – ला लिगा अन्तर्गत गएराती भएको खेलमा लियोनल मेस्सीले उच्चकोटीको प्रदर्शन गरेपछि बार्सिलोनाले रियल बेटिसलाई सहज रुपमा पराजित गरेको छ।

मेस्सीले आफ्नो करियरको ५१ औं तथा ला लिगामा ३३ औं ह्याट्रिक गरेपछि बार्सिलोनाले बेटिसबिरुद्द ४-१ को जित निकालेको छ। जितसँगै उसले अंक तालिकामा दोश्रो स्थानमा रहेको एटलेटिको मड्रिडसँगको अंकदुरी १० अंकमा पुर्याएको छ। बार्साको २८ खेलबाट ६६ तथा समान खेलबाट एटलेटिको मड्रिडको ५६ अंक रहेको छ।

खेलमा मेस्सीले १८ औं मिनेटमा फ्रि किकको माध्यमबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। बिपक्षी गोल किपरले बलको दिशा पत्ता लगाएपनि मेस्सीको शुद्दतालाई रोक्न नसक्दा बार्साले अग्रता लिएको थियो।

मेस्सीले प्रहार गरेको फ्रिकिक (तस्बिर: Getty Image)

त्यसपछि ४० औं मिनेटमा स्वारेजले अग्रता दोब्बर पार्ने उत्कृस्ट अवसर गुमाएका थिए। स्वारेजसँग १२ यार्ड टाढाबाट पाएको गोल गर्ने अवसरलाई किपरले सजिलै रोकिदिए।

अतिरिक्त समयको दोश्रो मिनेटमा मेस्सीले पुनः जादुयी प्रदर्शन गर्दै अग्रता दोब्बर पारे। मेस्सीले स्वारेजले उपलब्ध गराएको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। बार्सिलोनाले पहिलो हाफको समाप्तीमा २-० को अग्रता लियो।

मेस्सी र स्वारेज गोलपछी खुसि मनाउंदै

६३ औं मिनेटमा स्वारेजले पनि गोल गर्दै अग्रता तेब्बर बनाए। उनले ३ जना बिपक्षी डिफेन्डरलाई छक्याएर १२ यार्ड टाढाबाट प्रहार गर्दै गोल गरे।

बेटिसको लागि ८२ औं मिनेटमा गोल गर्दै बार्साको अग्रतालाई १-२ मा झारे।

८५ औं मिनेटमा लियोनल मेस्सीले अर्को गोल गर्दै ह्याट्रिक पुरा गरे। उक्त ह्याट्रिक पछी सम्पूर्ण स्टेडियमले नै उनको सम्मानमा तारिफ गरेको थियो। खेलपछी मेस्सीले बिपक्षी मैदानमा आफुले अन्तिम पटक कहिले यसरि सम्मान पाएको थिएँ बिर्सिएँ भनेर प्रतिक्रिया दिएका छन्।

२०७५ चैत्र ४, सोमबार मा प्रकाशित