प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, चेल्सी एभरटनसँग पराजित

फुलहमलाई पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लँदा चेल्सी भने एभरटनसँग पराजित भएको छ।

आइतवबार भएको खेलमा लिभरपुलले फुलहमलाई २-१ ले पराजित गरेको हो। जितपछि लिभरपुलले म्यानचेष्टर सिटीलाई २ अंकले पछि पारेको छ।

फुलहमको मैदानमा भएको खेलमा लिभरपुलका लागि २६औँ मिनेटमा साडियो मानेले र ८१औँ मिनेटमा जेम्स मिलनरले पेनाल्टीमा गोल गरे।

फुलहमका लागि ७४औँ मिनेटमा राएन बाबेलले गोल गरेका थिए।

जितपछि ३० खेलबाट ६६ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा छ।

यस्तै आइतवारै भएको खेलमा चेल्सी एभरटनसँग २-० ले पराजित भएको छ। एभरटनको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर घरेलु मैदानमा ४९औँ मिनेटमा रिचार्लिसन र ७२औँ मिनेटमा जिल्फी सिगुरसनले गोल गर्दै उभरटनलाई ३ अंक दिलाए।

हारपछि चेल्सी ३१ खेलबाट ५७ अंकका साथ छैटौँ स्थानमा यथावत छ। जितपछि ३१ खेलबाट ४० अंक जोड्दै एभरटन ११ औँ स्थानमा उक्लेको छ।

२०७५ चैत्र ४, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment