श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनलमा : साफ महिला च्याम्पियनसिप

श्रीलंकालाई पराजित गर्दै नेपाल पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्न सफल भएको छ।

बिराटनगरको सहिद रंगाशालामा जारि प्रतियोगितामा नेपालको जित कठिन रहेन र ४-० ले श्रीलंकालाई पराजित गर्न सफल रह्यो।

जित पछि अब नेपालले प्रतियोगिताको फाइनलमा भारत र बंगलादेश बीच हुने दोश्रो सेमीफाइनलको विजेतासंग खेल्नेछ। नेपालले समुह चरणमा भुटान र बंगलादेश दुवैलाई ३-० अन्तरले पराजित गरेको थियो।

साफ च्याम्पियनसिपको इतिहासमा फाइनल प्रवेश गरेको नेपालको यो चौथो अवसर हो।

( File Photo )

नेपालको जितमा पुनम जर्घा मगर र रेखा पौडेलले पहिलो अन्तर्राष्ट्रिय गोल गरे भने अनिता बस्नेत र सावित्रा भण्डारीले पनि गोल गरे। प्रतियोगितामा सावित्राको यो तेश्रो गोल हो।

नेपालले पहिलो गोल ४२ औं मिनेटमा गरेको थियो। डिफेन्डर पुनम जर्घा मगरले सावित्रा भण्डारीको हेडमा ‘वाच टच’ गोल गरेकी थिईन्।

पहिलो हाफ १-० मा सकिएपछि दोश्रो हाफको ६८ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै अग्रता २-० बनाएकी थिईन्। त्यसपछि ८३ औं मिनेटमा सावित्र भण्डारीले गोल गर्दै अग्रता ३-० पारिन्। तेश्रो गोल गरेको २ मिनेट पछि रेखा पौडेलले गोल गर्दै अग्रता ४-० पुर्याईन्।

२०७५ चैत्र ६, बुधबार मा प्रकाशित