नेपाल र भारत उपाधिका लागि भिड्ने

विराटनगर : पाँचौ साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।

विराटनगरस्थित शहिद रंगशालमा भइरहेको च्याम्पियनसिपमा दोस्रो सेमिफांइनलमा भारतले बंगलादेशलाई ४-० ले पराजित गर्दै नेपालसँगको फाइनल भेट तय गरेको हो। त्यसअघि आजै भएको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-० ले पराजित गर्दै चौथो पटक फाइनलमा स्थान बनाएको हो।

सुरुको तीन संस्करणमा भारतसँग फाइनलमा पराजित भएको नेपाल पछिल्लो पटक सेमिफाइनलमै भारतसँग हारेको थियो। भारत र नेपाल बीच उपाधिको लागि शुक्रबार दिउसो ३ बजे प्रतिस्पर्धा हुनेछ।

पहिलो पटक घरेलु मैदानमा भइरहेको साफमा नेपाल ५ वर्षपछि फाइनल पुगेको हो।

भारतलाई सेमिफाइनलमा श्रीलंका विरुद्ध जित दिलाउन इन्दुमतीले दुई तथा डालिमा छिब्बर र मनिसाले एक-एक गोल गरिन्।

भारतले समूह चरणमा माल्दिभ्सलाई ६-० र श्रीलंकालाई ५-० ले पराजित गरेको थियो।

नेपालले साफमा भारतसँग यसअघि चार खेल खेल्दा चारवटैमा हार बेहोरेको छ। यस पटक उपाधि जित्ने लक्ष्य राखेको नेपालल भारतलाई फाइनलमा हराउदै सबै हारको बदला लिने दाउमा छ।

२०७५ चैत्र ६, बुधबार मा प्रकाशित