आइपिएल : उत्कृष्ट बलिङले चेन्नाईलाई जितायो

इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को उद्घाटन खेलमा साविक विजेता चेन्नाई सुपर किंग्सले जित हात पारेको छ। शनिवार भएको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको चेन्नाईले विराट कोहलीको कप्तानीमा रहेको रोएल च्यालेन्जर्स बैँगलोरलाई ७ विकेटले पराजित गरेको हो।

चेन्नाईको घरेलु मैदान एम ए चिदम्बरमा भएको खेलमा साविक विजेताका लागि भेट्रान स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गर्दा बैँगलोरले गतिलो ब्याटिङ गर्न सकेन।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर १७.१ ओभरमा ७० रनमा अलआउट भएको थियो। चेन्नाईको स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि बैंगलोर कम स्कोरमा अलआउट भएको हो। बैंगलोरका लागि ओपनर पार्थिव पटेलले २९ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

चेन्नाईका इमरान ताहिरले ४ ओभरमा १ मेडन राख्दै ९ रन मात्र खर्चेर ३ विकेट विकेट लिए। हर्भजन सिंहले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। यस्तै रविन्द्र जडेजाले २ र ड्वाने ब्राभोले १ विकेट लिए।

बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। चेन्नाईका लागि अम्बाटी राएडुले २८ र सुरेश रैनाले १९ रन बनाए। केदार जादबले नटआउट १३ रन जोडे।

आइपीएलमा आज दिउँसो ४:१५ बजे पहिलो खेलमा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद तथा राती ८:१५ बजे दोस्रो खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दैछन्। दिल्लीमा नेपाली खेलाडी सन्दीप लामिछाने पनि छन्।

२०७५ चैत्र १०, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment